प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२१ फागुन,काठमाडौं ।  काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शनाले मतदान गरेकी छन्।

१० दिनअघि मात्रै सुत्केरी भएकी उनी शिशु च्यापेरै मतदान स्थल पुगेकी थिइन्।

दर्शनाले काठमाडौं–१ अन्तर्गत वडा नम्बर १० स्थित रत्नराज्य स्कुल मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन्।

उनलाई गत फागुन १२ गते पुत्रलाभ भएको थियो। सुत्केरी भएको छोटो समयमै शिशुसहित मतदान गर्न पुगेकी उनको उपस्थिति मतदान केन्द्रमा विशेष आकर्षण बनेको थियो।


सम्बन्धित समाचार