Logo

२२ फागुन,वीरगञ्ज । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर–४ को मतगणना सुरु भएको छ।

निर्वाचन अधिकृत उद्धव ढोडारी का अनुसार गढीमाई नगरपालिका–९ स्थित इनर्वाटोलको मतपेटिका खोलेर मतगणना सुरु गरिएको हो। मतगणना चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पसमा भइरहेको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कुल १ लाख १० हजार ३ सय १४ मतदाता रहेकामा ६९ हजार ९ सय ५३ मत खसेको छ। चार वटा पालिकाका ३० वडा समेटिएको यस क्षेत्रमा ६० मतदानस्थल र १ सय ३४ मतदान केन्द्र रहेका छन्।

यस क्षेत्रबाट नेपाली कांग्रेसका देवप्रसाद तिमलसिना, नेकपा (एमाले) का रामजी साह, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल, नेकपाका रामकुमार भट्टराई, आम जनता पार्टीका ऋषि धमला र जनता समाजवादी पार्टीका राजकुमार दास चुनावी प्रतिस्पर्धामा छन्।

राति सम्पन्न सर्वदलीय बैठकको निर्णयअनुसार शुक्रबार बिहानदेखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


सम्बन्धित समाचार