Logo

२२ फागुन,धनुषा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नम्बर–३ को मतगणना जारी रहँदा प्रतिस्पर्धा रोचक बन्दै गएको छ। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झा अग्रस्थानमा रहेका छन्।

हालसम्मको मतगणनामा झाले २ हजार ७ सय ८७ मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका विमलेन्द्र निधि ले ९ सय ७२ मतसहित पछ्याइरहेका छन्। त्यस्तै नेकपा (एमाले) की उम्मेदवार जुली कुमारी महतो (महासेठ) ले ४ सय ७६ मत प्राप्त गरेकी छन्।

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा धनुषा–३ बाट एमालेकी महतो ३३ हजार ३ सय ८८ मतसहित विजयी भएकी थिइन्। उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका अनिल कुमार झा ले २३ हजार ६ सय ८६ मत प्राप्त गरेका थिए भने जनमत पार्टीका शम्भु नाथ साह ले ७ हजार ३ सय ७४ मत पाएका थिए।

हाल मतगणना जारी रहेको र थप परिणाम आउँदै जाने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


सम्बन्धित समाचार