Logo

२३ फाल्गुण, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सक्रिय राजनीतिबाट विश्राम लिने अप्रत्याशित घोषणा गरेका छन् ।

काठमाडौँ–१ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएलगत्तै सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै मिश्रले तत्कालका लागि राजनीतिबाट बिदा लिएको जानकारी दिएका हुन् । ०७४ र ०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट पराजय भोग्नुभएका मिश्रले यसपटकको निर्णय कुनै हतार वा निराशामा नभई निकै सोचविचार गरेर लिएको स्पष्ट पारेका छन् ।

पार्टीको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहँदा देशभर राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेको जनमतलाई सङ्गठित र पूँजीकृत गर्न नसक्नुलाई उनले आफ्नो विफलताका रूपमा स्वीकार गरेका छन् । देशको बदलिँदो भूराजनीति र आन्तरिक परिस्थितिका कारण भावी पुस्ताका लागि मुलुक बचाउन कठिन रहेको निष्कर्ष निकाल्दै उनले अबको यात्रा गैरदलीय (स्वतन्त्र) रहने संकेत गरेका छन् । यद्यपि, राजसंस्था पुनर्स्थापना र सुशासन जस्ता आफ्ना वैचारिक मुद्दाहरूमा भने उनी अडिग रहनेछन् ।

आफ्नो ९ वर्ष लामो राजनीतिक यात्रालाई बिट मार्दै मिश्रले यस अवधिमा साथ दिने स्वदेश तथा विदेशमा रहेका शुभचिन्तक र पार्टीका नेता(कार्यकर्ताप्रति आभार प्रकट गरेका छन्। व्यक्तिगत स्वार्थभन्दा माथि देशलाई राख्ने संकल्प दोहोर्‍याउँदै उनले ुव्यक्तिले पाउने तर देशले नपाउनेु कुनै पनि कार्यमा आफू संलग्न नहुने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।


सम्बन्धित समाचार