२७ फागुन,काठमाडौं। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले निर्वाचनमा गरेको खर्च विवरण निर्वाचन आयोग नेपाल मा बुझाएका छन्।
चितवन-२ बाट उम्मेदवारी दिएका लामिछानेले चुनावी अभियानका क्रममा ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको विवरण आयोगमा पेश गरेका हुन्।
आयोगमा बुझाइएको विवरणअनुसार उम्मेदवारी मनोनयन दर्तामा १० हजार रुपैयाँ, नमुना मतपत्र छपाइमा ६८ हजार १६१ रुपैयाँ, हवाई यात्रामा १३ हजार ६२६ रुपैयाँ र गोष्ठी तथा भेलामा १ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
निर्वाचनमा सहभागी उम्मेदवारहरूले चुनावी खर्चको विवरण तोकिएको समयभित्र आयोगमा बुझाउनुपर्ने व्यवस्था रहेको छ।

















