Logo

default

२७ फाल्गुण, काठमाडौँ । बढ्दो वायु प्रदूषणका कारण जनस्वास्थ्यमा गम्भीर संकट देखिन थालेपछि विश्व बैंकले नेपालको आकाशलाई स्वच्छ र धुँवारहित बनाउन ७ अर्ब ७ करोड २० लाख रुपैयाँ बराबरको ऋण सहायता अनुमोदन गरेको छ ।
वाशिङ्टनडिसीस्थित विश्व बैंकको मुख्यालयले ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रोजेक्ट’ अन्तर्गत काठमाडौँ उपत्यका र तराईका औद्योगिक कोरिडोरमा केन्द्रित भएर यो लगानी गर्ने निर्णय गरेको हो । पछिल्ला वर्षहरूमा विश्वकै प्रदूषित सहरहरूको सूचीमा काठमाडौँ पटक(पटक अग्रपंक्तिमा देखिन थालेपछि अन्तर्राष्ट्रिय दातृ निकायले वायुको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको देखिन्छ ।

यो महत्त्वाकाङ्क्षी परियोजनाले नेपालका करिब ४०० वटा औद्योगिक र व्यावसायिक प्रतिष्ठानहरूलाई आधुनिक र प्रदुषणमुक्त प्रविधिमा लैजाने लक्ष्य राखेको छ । उद्योगहरूबाट निस्कने घातक धुवाँ र कार्बन उत्सर्जनलाई नियन्त्रण गर्न यो बजेट खर्च गरिनेछ, जसले केवल वातावरण मात्र नभई औद्योगिक समृद्धिलाई पनि टेवा पुर्‍याउने विश्वास लिइएको छ । परियोजनालाई सफल बनाउन सरकारका दुई शक्तिशाली निकायहरू—उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा वातावरण मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । उद्योग विभाग र वातावरण विभागले आपसमा समन्वय गरी यी कार्यक्रमहरू स्थलगत रूपमै कार्यान्वयन गर्नेछन् ।

विश्व बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यो ऋण सहयोगले नेपालको हरित विकास र नागरिकको स्वच्छ हावा फेर्न पाउने अधिकारलाई सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ । विशेष गरी हिउँदको समयमा काठमाडौँ र तराईमा देखिने ुभिजिबिलिटीु को समस्या र श्वासप्रश्वासका बिरामीहरूको बढ्दो संख्यालाई न्यून गर्न यो लगानी कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । वैदेशिक ऋणको ठूलो हिस्सा औद्योगिक शुद्धीकरणमा खर्च हुने भएकाले यसले नेपालको वातावरण नीतिमा समेत नयाँ आयाम थप्ने देखिएको छ ।


सम्बन्धित समाचार
भर्खरै