Logo

२७ फागुन,वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट रास्वपाबाट प्रतिनिधि सभा सदस्य (सांसद)मा नवनिर्वाचित सुशील कुमार काननु लाई घडिअर्वा स्पोट्र्स क्लबले सम्मानित गरेको छ।

कानुको आफ्नै गृह वडा वीरगञ्ज–१० घडिअर्वामा क्लबको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नवनिर्वाचित सांसदलाई दोशल्ला ओढाएर कदरपत्र प्रदान गरी भव्य स्वागत गरिएको थियो। क्लबका अध्यक्ष सन्तोष साह कानु ले सम्मान प्रदान गरेका थिए।

सांसद कानु क्लबका पूर्व सदस्य तथा सचिव भएर अध्यक्षसमेत बनेका थिए। सम्मान ग्रहण गर्दै उनले आफ्नो सामाजिक यात्राको सुरुवात क्लबको साथ र सहयोगबाट भएको स्मरण गर्दै राजनीतिक जीवनको प्रारम्भिक चरणमा क्लबले महत्वपूर्ण भूमिका खेलेको बताए।

कानुले क्लबकै सहयोग र प्रेरणाले पहिलो पटक वडा अध्यक्ष पदमा निर्वाचित हुन सफल भएको र आज त्यस यात्रालाई निरन्तरता दिँदै प्रतिनिधि सभा सदस्यसम्म पुगेको उल्लेख गरे। उनले युवाहरूको सक्रियता र एकता समाज र राष्ट्र परिवर्तनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा क्लबका अध्यक्ष सन्तोष साह कानु, सन्तोष गुप्ता, मनोहर साह, लखन गुप्ता, शम्भु साह कानु, सुधिर पटेल लगायत स्थानी युवा तथा क्लबका पदाधिकारीहरू उपस्थित थिए।


सम्बन्धित समाचार
भर्खरै