Logo

२७ फागुन,काठमाडौं । समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे ले दलहरूले पाएका मतका आधारमा सिट बाँडफाँड प्रक्रिया सुरु हुने जानकारी दिए।

घिमिरेका अनुसार, “अब दलहरूले पाएको सदर मतको आधारमा सिट तय हुनेछ। सिट तय भएपछि सम्बन्धित दलहरूले तीन दिन भित्र समानुपातिक तर्फको बन्दसूचीमा रहेका उम्मेदवारको सिफारिस गर्न पत्र पठाउनेछन्।”

सिफारिस प्राप्त भएपछि निर्वाचन आयोगले त्यसको प्रमाणीकरण गरी ११० जना सांसदलाई निर्वाचित प्रमाणपत्र प्रदान गर्नेछ।

यो कदमसँगै संसदमा समानुपातिक सांसदहरूको प्रतिनिधित्व सुनिश्चित हुने छ।


सम्बन्धित समाचार