Logo

३ बैशाख, वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख डाक्टर उमेश चौरसियाले राजिनामा दिएका छन् । स्वास्थ्य अवस्थाले साथ नदिएकोले राजिनामा दिएको उनले बताएका छन् ।

डाक्टर चौरसिया ०७७ चैत ४ गते ठाकुररामको क्याम्पस प्रमुखमा नियुक्त भएका थिए । ‘
उपकुलपति तथा त्रिभुवन विश्व विद्यालय कार्यकारी परिषद अध्यक्षलाई इमेल मार्फत राजिनामा पत्र बुझाएको उनले जानकारी दिए । राजिनामा पत्रमा स्वास्थ्य अवस्थाले

साथ नदिएको भनेपनि उनले राजिनामा गर्नुको कारण भने अर्कै छ ।‘ क्याम्पस राम्रो बनाउन गएको थिँए, जति सकियो, त्यति गरियो, तलतिर पनि अप्ठेरो, माथिबाट पनि अप्ठेरोमा पारे । ’ उनले भने ‘ काम नै गर्न नसक्ने अवस्था भएपछि राजिनामा दिएको हुँ ।’


सम्बन्धित समाचार