Logo

फाइल तस्बिर

४ बैशाख, वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ को उत्तरी भेगमा दुई सातादेखि बाघ आतंक छ । कोइलाभार बिन्दवासिनी साझेदारी वनसँग जोडिएको सिधपुर, सखुवनिया, सियरही लगायतका गाउमा बाघले आतंक मच्चाएको छ ।

स्थानीय लीला विकले बाघले आफ्नो घर पालुवा कुकुरलाई समेत सिकार बनाएको बताउनुभयो । वडाध्यक्ष वासुदेव महतो थारूले बाघको डरले स्थानीय किसान मकै खेतमा पस्नसमेत छाडेको बताउनुभयो । कोइलाभार बिन्दवासिनी साझेदारी वन पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ ।

साझेदारी वनमा विगतमा बाघ नरहेकोमा हाल यस भेगमा देखा परेको बाघ निकुञ्जबाट आएको हुन सक्ने थारूको भनाइ छ । निकुञ्जमा हाल ४० बढी बाघ छन ।

थारूले बाघको आतंकबारे डिभिजन वन कार्यालय पर्सालाई जानकारी गराए पनि नियन्त्रणको प्रयास नभएको गुनासो गरेका छन । डिभिजन वनका अधिकृत फरमान मियाँले त्यस भेगमा बाघ आतंकबारे जानकारी नआएको बताउनुभयो ।


सम्बन्धित समाचार