Logo

४ बैशाख, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ का अध्यक्ष जितेन्द्र पटेललाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दामा फरार रहँदै आएका उनलाई हिजो राति ईलाका प्रहरी कार्यालय पोखरियाको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो ।

वडा अध्यक्ष पटेललाई उच्च अदालत जनकपुरधाम अस्थाई इजलास वीरगन्जले बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको कारण उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आज उनलाई अदालतमा उपस्थित गराउने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताउनुभयो ।


सम्बन्धित समाचार