९ चैत,काठमाडौं । साढे तीन किलो गाँजासहित एक थाई नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३९ वर्षीय योङग्युत थुइन रहेका छन्। उनलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो।
सोमबार राति सवा १२ बजेतिर थाई एअरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका उनी विमानस्थल प्रवेश गर्दा सुरक्षा जाँचको क्रममा सुटकेशभित्र ३ किलो ४३५ ग्राम गाँजा बरामद भएको छ।
विमानस्थल प्रहरी कार्यालयका प्रवक्ता ढुण्डिराज नेउपानेका अनुसार पक्राउ परेका थुइनलाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ।

















