Logo

९ चैत,सेढवा । पर्साको जिराभवानी गाउँपालिका मा कुटपिटबाट एक वृद्ध महिलाको मृत्यु भएको छ।गाउँपालिका–१ पिपरा टोल निवासी ५५ वर्षीया सायदा श्रीवास्तवको आफ्नै बुहारीको कुटपिटबाट आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी बुहारी २६ वर्षीया पिंकी देवी र उनका आफन्त १६ वर्षीया गायत्री कुमारीलाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक समुन्नत अधिकारीले जानकारी दिनुभएको छ।

स्थानीयका अनुसार मृतक सायदा र उनकी बुहारीबीच लामो समयदेखि विवाद हुँदै आएको थियो। सोही विवादका कारण घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


सम्बन्धित समाचार