Logo

१० चैत,वीरगञ्ज ।  पोखरिया नगरपालिका–१ बनकटवा टोलका एक क्यान्सर पीडित बिरामीलाई खाद्यान्न सामग्री तथा कम्बल वितरण गरिएको छ।

उपकार सेवा नेपाललायन्स क्लब को संयुक्त पहलमा उक्त सहयोग उपलब्ध गराइएको हो। सहयोग सामग्री बिरामीको घरमै पुगेर हस्तान्तरण गरिएको जनाइएको छ।

कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विध्या कुमारी शरावगी, लायन्स क्लब अफ पोखरिया का अध्यक्ष नेजामुद्दीन शमानी, रामाधार मुखिया बिन, लायन्स क्लब अफ वीरगंज ह्यूमैनिटी का अध्यक्ष अमर कान्त झा तथा सचिव ललन तिवारी लगायतको उपस्थिति रहेको थियो।

बिरामीलाई दाल, चामल, आलु, तेल, नुन, होर्लिक्स, बिस्कुट तथा कम्बल प्रदान गरिएको छ। यस सहयोगले बिरामीको दैनिकी सहज बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

सहयोगी संस्थाहरूले यस्ता पीडित तथा असहाय व्यक्तिहरूको सहयोगका लागि सबैलाई आ-आफ्नो तर्फबाट सक्दो योगदान गर्न आग्रह गरेका छन्।


सम्बन्धित समाचार