Logo

१० चैत,काठमाडौं । इरानसँगको बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा पुनः उतार–चढाव देखिएको छ। सोमबार भारी गिरावट आएको ब्रेन्ट क्रुड को मूल्य मंगलबार फेरि बढेर प्रतिब्यारल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ।

बीबीसी का अनुसार मंगलबार बिहान एशियाली बजारमा ब्रेन्ट क्रुडको मूल्य ३.७५ प्रतिशतले वृद्धि भई १०३.६९ अमेरिकी डलर पुगेको छ। यसअघि सोमबार भने यसको मूल्यमा १० प्रतिशतभन्दा बढी गिरावट आएको थियो।

विश्लेषकहरूका अनुसार डोनाल्ड ट्रम्प ले इरानमाथि तत्काल आक्रमण नगर्ने घोषणा गरेपछि सोमबार तेलको मूल्य घटेको थियो। उनले इरानसँग चाँडै शान्ति सम्झौता हुन सक्ने संकेत पनि दिएका थिए।

तर, इरानले ट्रम्पको उक्त दाबी अस्वीकार गरेपछि बजारमा पुनः अनिश्चितता बढेको छ, जसका कारण तेलको मूल्यमा फेरि वृद्धि देखिएको हो।

अन्तर्राष्ट्रिय राजनीतिक तनावका कारण ऊर्जा बजारमा अझै अस्थिरता रहने अनुमान गरिएको छ।


सम्बन्धित समाचार