१० चैत, काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका चार जनालाई नेपाली सेनाले उद्धार गरेको छ।
निकुञ्ज भ्रमणमा गएका ती चार जना सोमबार राति अबेरसम्म फर्किएनन् भन्ने खबर पाएपछि सेनाले खोजी अभियान सुरु गरेको थियो।खोजीका क्रममा निकुञ्ज सुरक्षार्थ खटिएको चन्दननाथ गणको टोलीले उनीहरूलाई राति ९ बजे उद्धार गरेको हो। उद्धार गरिएका चार जनालाई नेपाल प्रहरीले जिम्मा लिएको नेपाली सेनाले जनाएको छ।
सेनाको समयमा गरिएको छानबिन र सक्रिय खोजी अभियानले जंगलमा हराउने व्यक्तिहरूको सुरक्षित उद्धारमा प्रभावकारी भूमिका खेलेको छ।

















