Logo

७ वैशाख,वीरगञ्ज । पर्सा प्रहरीले स्रोत नखुलेको रकम सहित तीनजनालाई पक्राउ गरेको छ । वीरगञ्ज–८ स्थित सडकखण्डबाट चेकजाँच गर्ने क्रममा बारा परवानीपुर गाउँपालिका–३ लिपनीमाल बस्ने कृष्ण प्रसाद सोनार र सुनिल साह कानुलाई प्रहरीले पक्राउ गरेको हो ।

कृष्ण प्रसाद सोनारको साथबाट एक लाख ६० हजार र सुनिल साह कानुको साथबाट ३ लाख ९० हजार गरी स्रोत नखुलेको साढे पाँच लाख रकम बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।

यस्तै वीरगञ्ज–११ स्थित सडकखण्डमा स्रोत नखुलेको १४ लाख रकमसहित एकजनालाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।प्रदेश ३–०३–००१ प १२३३ नम्बरको मोटरसाईकलमा सवार रहेका बारा जितपुर सिमरा उपमहानगरपालिका–७ बस्ने छठु महत्तोको शरीर लाई चेकजाँच गर्दा उको साथबाट १४ लाख रुपैंया नगद बरामद गरेको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो ।

रकम सहित पक्राउ परेका तीनैजनालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भईरहेको गिरीले बताउनुभयो । उनीहरु हुण्डी कारोबारमा संलग्न रहेको पर्सा प्रहरीको दावी छ ।


सम्बन्धित समाचार