Logo

१३ चैत, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पद तथा गोपनीयताको शपथ लिएलगत्तै आजै अपराह्न ४ बजेका लागि पहिलो मन्त्रिपरिषद् बैठक आह्वान गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने यो बैठकमा नवनियुक्त १५ सदस्यीय मन्त्रिमण्डलका सबै सदस्यहरू सहभागी हुनेछन् । १८२ सिटको भारी बहुमतसहित सत्ताको बागडोर सम्हालेका बालेनले कार्यभार सम्हालेको केही घण्टाभित्रै बैठक बोलाउनुलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।

आजको पहिलो बैठकले सरकारको ‘न्यूनतम साझा कार्यक्रम’ र जनताका तत्कालीन समस्या समाधानका लागि केही ‘ब्रेकिङ’ निर्णयहरू गर्ने तयारी गरेको बुझिएको छ । प्रधानमन्त्री शाहले पदभार ग्रहण गर्दा नै सुशासन र छिटो सेवा प्रवाहमा जोड दिने संकेत गरिसकेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएर मन्त्रालय पुगेका मन्त्रीहरू पहिलो बैठकका लागि अहिले सिंहदरबारमा जम्मा हुने क्रम सुरु भएको छ । यो बैठकले नयाँ सरकारको आगामी कार्यदिशा र प्राथमिकताहरू तय गर्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार