Logo

८वैशाख,वीरगञ्ज । विषालु सर्पको टोकाईबाट सिरहामा एक बालकको मृत्यु भएको छ । गोलबजार नगरपालिका–८ का श्याम साहका ४ वर्षीय छोरा अविनास साहलाई विषालु सर्पले डस्दा मृत्यु भएको हो ।

सर्पको टोकाईबाट गम्भिर भएका बालकलाई उपचारका लागि फूलकुमारी अस्पताल, कञ्जरवामा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

सो अघि बालकलाई चोहवास्थित नेपाली सेनाको श्री बहादुर शेर गणमा लगेपनि त्यहाँ उपचार सम्भव नभएपछि फूलवारी अस्पताल लगिएको र उपचारको क्रममा ज्यान गएको अस्पतालले जनाएको छ ।

 


सम्बन्धित समाचार