१४ चैत,काठमाडौं । काठमाडौंको घण्टाघर नजिक रहेको थकाली रेष्टुरेन्ट – घण्टाघर मा आगलागी भएको छ। आगो निभाउन दमकलसहित सुरक्षाकर्मी खटिएका छन्। आगलागीको कारण अहिलेसम्म खुलिसकेको छैन भने क्षतिको विवरण पनि प्राप्त भएको छैन।
स्थानीय प्रशासनले घटनास्थलको निरीक्षण गरिरहेको र थप जानकारी आउँदै गर्दा सुरक्षा तथा राहतका कदम उठाइरहेको जनाएको छ।

















