Logo

८वैशाख, कलैया । बारामा प्रहरीले एकजना युवकको हत्यामा संलग्न रहेको आरोपमा एक दम्पतीलाई पक्राउ गरि आज सार्वजनिक गरेको छ ।

प्रहरीले पत्रकार सम्मेलन गरि जितपुरसिमरा उपमहानगरपालिका–८ का २२ बर्षीय युवक सुरज भन्ने महेश साहको हत्यामा संलग्न रहेको आरोपमा वीरगन्ज महानगरपालिका–१५ भिष्वाका रामु भन्ने कैलाश महतो र उनकी श्रीमती २० बर्षीय रोशनी देवीलाई सार्वजनिक गरेको हो ।

महतो दम्पतीले गत मंसिर २७ गते साहको हत्या गरेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार