Logo

९ वैशाख,बारा । बाराको जीतपुरमा एक ईलेक्ट्रोनिक्स पसलमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौ मूल्यको क्षति भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको अंसारी ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्समा आगलागी भएको हो ।

गएराती पसलमा आगलागी हुँदा करिब ४५ लाखको क्षती भएको ईलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ । आगलागी भएको करिब ३० मिनेट भित्र स्थानिय, जीतपुरसिमरा उपमहानगरपालिकाको वारूणयन्त्र र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याईएको थियो ।

आगलागीबाट पसलको गोदाममा बढि क्षति पुगेको छ । आगलागीबाट गोदाम पूर्णरुपले जलेर खरानी भएको छ ।

 


सम्बन्धित समाचार