Logo

१२ चैत, काठमाडौं । मध्यपूर्वमा चुलिँदै गएको युद्धमा परि २१ जना नेपाली घाइते भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार इरान–इजरायल–अमेरिका द्वन्द्वको चपेटामा परेर हालसम्म २१ जना नेपाली घाइते भएका छन् भने एक जनाले ज्यान गुमाउनुपरेको दुःखद तथ्य सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार पछिल्लो समय जारी आक्रमण र द्वन्द्वमा परेर हालसम्म २१ जना नेपाली घाइते भएका छन् भने एक जना नेपालीले ज्यान गुमाउनुपरेको दुःखद तथ्य सार्वजनिक भएको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता लोकबहादुर क्षेत्रीले मध्यपूर्वको भयावह स्थिति र त्यहाँ रहेका नेपालीहरूको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभएको हो । घाइतेहरूको उपचार र अवस्थाबारे मन्त्रालयले निरन्तर निगरानी राखिरहेको छ ।

युद्धका कारण सिर्जित असहज र चुनौतीपूर्ण परिस्थितिमा रहेका नेपालीहरूको पहिचान र सम्भावित उद्धारका लागि सरकारले तीव्र तयारी गरिरहेको छ। कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म ८६ हजार ४२० जना नेपालीले आफ्नो व्यक्तिगत विवरण र लोकेसन दर्ता गराएका छन्, जसले गर्दा उद्धार कार्यमा सहज हुने मन्त्रालयको विश्वास छ ।

यद्यपि, पछिल्लो समय असुरक्षित महसुस गरेर मन्त्रालयमा फोन गर्ने र गुनासो गर्नेहरूको संख्यामा भने बिस्तारै कमी आउन थालेको प्रवक्ता क्षेत्रीले बताउनुभयो । ट्रान्जिटमा अलपत्र परेका सबै नेपाली नागरिकको सफल व्यवस्थापन भइसकेको र उनीहरूलाई सुरक्षित गन्तव्यतर्फ पठाउने कार्य जारी रहेको छ ।

विशेषगरी कुवेतमा अड्किएका दुई नेपालीले साउदीको भिसा प्राप्त गरिसकेको भए पनि उनीहरू हाल आफ्नै इच्छाले तत्कालका लागि कुवेतमै बसिरहेको मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूलाई संयमित रहन र आफ्नो सुरक्षाका लागि स्थानीय प्रशासन तथा नेपाली नियोगहरूसँग निरन्तर सम्पर्कमा रहन पुनः आग्रह गरेको छ ।


सम्बन्धित समाचार