Logo

२१ चैत,चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीनवटा सवारीसाधन आपसमा ठोक्किँदा १५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार, मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९९२५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु१च ८५५२ नम्बरको बलेरो ठोक्किएका थिए। त्यसपछि बलेरोको पछाडि आउँदै गरेको बा प्र.०३–००१ ह २५४८ नम्बरको अटोसमेत ठोक्किएको थियो।

घाइतेमध्ये बसमा सवार १४ जना र अटोचालक एक जना छन्। उनीहरूको उपचार भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र नेस्नल सिटी अस्पतालमा भइरहेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।


सम्बन्धित समाचार