२२ चैत, काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टको पक्राउपछि अनुसन्धानको केन्द्रमा रहेको शंकर समूहका सञ्चालकहरूमाथि कानुनी फन्दा झन् कसिलो हुँदै गएको छ ।
समूहका अध्यक्ष शंकरलाल अग्रवाल शुक्रबार राति पक्राउ परेको केही समयमै उनका छोरा तथा जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाललाई पनि सम्पत्ति शुद्धीकरण विभागले आइतबार बिहान नियन्त्रणमा लिएको छ ।
व्यवसायी भट्टसँगको शंकास्पद वित्तीय साझेदारी र अस्वाभाविक पूँजी प्रवाहको विषयमा सूक्ष्म छानबिन गरिरहेको विभागले अग्रवाल बाबुछोरालाई नै हिरासतमा लिएर अनुसन्धान प्रक्रियालाई थप आक्रामक बनाएको हो ।

















