Logo

२२ चैत, काठमाडौं । प्रतिनिधिसभाको नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले आफ्नो कार्यकालको औपचारिक सुरुवात गर्दै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

आइतबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त सभामुख अर्याललाई शपथ खुवाउनुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अर्यालको यो उदयसँगै मुलुकको संसदीय इतिहासमा नयाँ नेतृत्वको आगमन भएको छ । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

आइतबार नै बसेको प्रतिनिधिसभाको बैठकमा अर्याल निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरिएको थियो । सदनमा रहेका प्रमुख राजनीतिक दलहरूबीचको समझदारी र रास्वपाको बलियो संसद्‍य उपस्थितिका कारण उनको पक्षमा सर्वसम्मतिको वातावरण बनेको हो । संसद्को गरिमा उच्च राख्ने र निष्पक्ष भूमिका निर्वाह गर्ने प्रतिबद्धताका साथ उनी अब कार्यभार सम्हाल्न सिंहदरबारस्थित संसद सचिवालय पुग्ने तयारीमा छन् ।
उद्यमी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका अर्यालले छोटो समयमै राज्यको गरिमामय पद ुसभामुखु को जिम्मेवारी पाउनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।


सम्बन्धित समाचार