Logo

२३ चैत, काठमाडौं । नेपाली सुनचाँदी बजारमा लामो समयदेखि बढिरहेको सुनको मूल्यमा सोमबार भने गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको दोस्रो दिन सुनको भाउ प्रतितोला २ हजार ६ सय रुपैयाँले ओरालो लागेर २ लाख ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँको उच्च विन्दुमा कारोबार भएको सुनले सोमबार भने लगानीकर्ता र उपभोक्तालाई केही राहत दिएको छ ।

पछिल्लो एक साताको ट्रेन्ड हेर्दा सुनको मूल्यमा निकै उतारचढाव देखिएको छ, जहाँ समग्रमा ७ हजार ९ सय रुपैयाँको वृद्धि देखिए तापनि आजको गिरावटले बजारमा नयाँ तरंग पैदा गरेको छ ।

सुनसँगै चाँदीको मूल्यमा पनि सोमबार सुस्त गिरावट देखिएको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँले घटेर ४ हजार ७ सय ८० रुपैयाँमा झरेको छ ।

गत साताको सोमबार ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको चाँदी यसबीचमा केही बढे पनि अहिले पुनः ओरालो लाग्ने क्रममा देखिएको हो । अन्तर्राष्ट्रिय बजारमा हुने उत्तारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परिरहँदा सुनको यो अप्रत्याशित गिरावटलाई धेरैले चासोका साथ हेरेका छन् । विशेष गरी विवाह र चाडपर्वको सिजन नजिकिँदै गर्दा मूल्यमा आएको यो परिवर्तनले उपभोक्ताको आकर्षण बढाउन सक्ने अनुमान गरिएको छ ।


सम्बन्धित समाचार