२५ चैत,वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालले ओपीडी सेवामा औषधि वितरणमा लामो लाइनको समस्या समाधान गर्न फार्मेसी सेवा विस्तार गरेको छ।
अस्पतालले आजदेखि नयाँ फार्मेसी काउन्टर सञ्चालनमा ल्याएको हो। यसले ओपीडीमा आउने बिरामीको भीड व्यवस्थापनलाई सहज बनाउने र औषधि वितरणलाई छिटो तथा प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
अस्पताल प्रशासनका अनुसार ओपीडीमा बढ्दो बिरामी चापका कारण लामो समय लाइनमा बस्नु पर्ने समस्या उत्पन्न हुँदै आएको थियो। नयाँ काउन्टर सञ्चालनपछि सेवा प्रवाह सुधार हुने र बिरामीले सहज रूपमा औषधि प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरिएको छ।


















