२५ चैत,काठमाडौं । हाँस्य कलाकार तथा मोडल सागर लम्साल (बले) लाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
अमेरिकामा बस्ने एक किशोरीले बलात्कार आरोप लगाएपछि शनिवार बूढानीलकण्ठबाट पक्राउ परिएका बलेमाथि जिल्ला प्रशासन कार्यालयले हिरासत अनुमति प्रदान गरेको हो। किशोरीले सामाजिक सञ्जाल फेसबुकमार्फत करिब एक वर्षअघिदेखि बलेले आफूमाथि जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन्।
जिल्ला प्रशासन कार्यालयले बलेमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्ने निर्णय गरेको जनाएको छ। प्रहरी यस अवधिमा घटनासम्बन्धी अनुसन्धान अघि बढाउने छ।

















