२५ चैत,वीरगञ्ज ।नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको हालै सम्पन्न अधिवेशनबाट वीरगन्जका उद्योगी संजय कुमार अग्रवाल उपाध्यक्ष (एशोसिएट तर्फ) पदमा निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचनपछि अग्रवालले आफूलाई निर्विरोध चयन गरिदिएकोमा मधेस प्रदेशका अध्यक्ष, कार्यसमिति सदस्य र उद्योगी व्यवसायीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा प्रदेशका उद्योगी तथा व्यवसायीहरूको हकहितको संरक्षण गर्दै आर्थिक विकास र समृद्धिका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
अग्रवालले अग्रजहरूको मार्गदर्शन र सरोकारवालाहरूको सल्लाहलाई आत्मसात् गर्दै मधेस प्रदेशलाई औद्योगिक र व्यावसायिक रूपमा सुदृढ र व्यवस्थित बनाउने लक्ष्यसहित अघि बढ्ने बताएका छन्।


















