Logo

२६ चैत, काठमाडौं । पाटन दरबार स्क्वायर स्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट दुई युवकको हत्या भएको छ।

प्रहरीका अनुसार झापा घर भई ललितपुर बस्दै आएका ३३ वर्षीय सुमित नेम्वाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्वाङमाथि आक्रमण भएको हो। घटनामा संलग्न रहेको आरोपमा संजीव नेपालीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

अनुसन्धान अनुसार सिर्जनले अर्कै व्यक्तिको नम्बर ठानेर फोन गर्दा संजीव नेपालीसँग सम्पर्क भएको थियो। यही विषयमा फोनमै भनाभन भएपछि भेटेरै कुरा गर्ने सहमति भई उनीहरू पाटन दरबार क्षेत्रमा जम्मा भएका थिए। तर सामान्य विवाद चर्किँदै जाँदा झडपको रूप लियो र संजीवले चक्कु प्रहार गरेका थिए।

गम्भीर घाइते भएका दुवै दाजुभाइलाई तत्काल बिएन्डबी अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार घटनामा संलग्न व्यक्तिहरूलाई भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको छ र थप अनुसन्धान भइरहेको छ।

प्रारम्भिक अनुसन्धानले मृतकका परिवार लन्डनमा रहेको र उनीहरू पनि त्यतै जाने तयारीमा रहेको तथ्य खुलेको छ।
यस घटनाले सामान्य विवादले पनि कति गम्भीर रूप लिन सक्छ भन्ने फेरि एकपटक देखाएको छ।


सम्बन्धित समाचार
भर्खरै