Logo

२६ चैत, काठमाडौं । स्थानीय बजारमा लगातार उकालो लागिरहेको सुनचाँदीको मूल्यमा बिहीबार ठूलो गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्यमा एकैदिन प्रतितोला ४ हजार ३०० रुपैयाँको उच्च गिरावट देखिएको हो भने चाँदीको मूल्य पनि १५० रुपैयाँले ओरालो लागेको छ ।

यो गिरावटसँगै आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ, जुन हिजो बुधबारको तुलनामा उल्लेख्य कमी हो । हिजो प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको सुन आज ३ लाखको मनोवैज्ञानिक सीमा नजिक पुगेर पुनः तल झरेको देखिन्छ ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि संकुचन आएको छ । बुधबार प्रतितोला ५ हजार २५ रुपैयाँमा खरिद–बिक्री भएको सेतो धातु आज घटेर ४ हजार ८७५ रुपैयाँमा झरेको छ। यो मूल्य गत मंगलबारको ४ हजार ८२० रुपैयाँको हाराहारीमा पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा दबाब देखिएकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ७१३ र चाँदी प्रतिऔँस ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जसले गर्दा स्थानीय बजारमा पनि लगानीकर्ता र उपभोक्ताका लागि केही राहत मिलेको छ ।


सम्बन्धित समाचार