२७ चैत,काठमाडौं । प्रहरीले राइड सेयरिङका क्रममा मोटरसाइकलमा रहेकी महिला यात्रीलाई लक्षित गरी अपशब्द प्रयोग गर्दै भिडियो बनाइ सामाजिक सञ्जालमा सार्वजनिक गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार नक्सालस्थित भगवती बाहल मन्दिर नजिक भएको घटनामा ती युवकले अनुमति बिना भिडियो खिची आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
सोही भिडियोका आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले पीडित पक्षलाई सम्बन्धित निकाय वा नजिकैको प्रहरी कार्यालयमार्फत उजुरी दिन आग्रह गरेको छ। साथै, सामाजिक सञ्जालमा सामग्री पोस्ट गर्दा अन्य व्यक्तिको मर्यादा, प्रतिष्ठा र चरित्रमा आँच आउने गतिविधिबाट टाढा रहन सबैलाई अनुरोध गरेको छ।

















