Logo

२७ चैत,वीरगञ्ज ।  सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ को आयोजनामा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

केन्द्रका अध्यक्ष ग्यासुदिन ठकुराइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आवश्यक सामग्री वितरण गरिएको हो। कार्यक्रमअन्तर्गत केन्द्रका सदस्य ज्याहुल हकको आर्थिक सहयोगमा छिपहरमाई गाउँपालिका–४ निवासी धर्मगुरु मौलाना वैचन अंसारीलाई सिलिङ फ्यान हस्तान्तरण गरिएको छ।

सहयोगले सम्बन्धित व्यक्तिको दैनिक जीवन सहज बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्रशुराम ठाकुर, सुरेन्द्र प्रसाद साह, शशिकान्त चौधरी, तैयब अंसारीलगायत स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।

सामुदायिक प्रहरी सेवा केन्द्रले समाजमा आपसी सहयोग, सहकार्य र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले यस्ता सामाजिक कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।


सम्बन्धित समाचार