Logo

३० चैत,वीरगञ्ज । बिन्दबासिनी गाउँपालिका–२, बहुअर्वा मा दलित तथा विपन्न परिवारका घर भत्काइएपछि आवासविहीन बनेका स्थानीयहरूले वडा कार्यालय घेराउ गरेका छन्।

स्थानीय बासिन्दाका अनुसार गाउँपालिकाले नयाँ घर निर्माणको प्रक्रिया अघि बढाइरहेको भए पनि वडा कार्यालयबाट आवश्यक सहयोग नपाएको आरोप लगाउँदै पीडितहरूले विरोध जनाएका हुन्।

आफ्ना समस्या तत्काल समाधान गर्न माग गर्दै प्रभावित परिवारहरूले वडा कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरेका थिए। उनीहरूले आवास पुनःनिर्माण र राहत वितरण प्रक्रियालाई छिटो अघि बढाउन माग गरेका छन्।

स्थानीयवासीले वडा कार्यालयको उदासीनताका कारण आफूहरू थप समस्यामा परेको भन्दै तत्काल समाधान ननिकाले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

घटनाबारे वडा कार्यालयको औपचारिक प्रतिक्रिया भने आउन बाँकी छ।


सम्बन्धित समाचार