Logo

 १ वैशाख,वीरगञ्ज । नयाँ वर्ष २०८३ को अवसरमा उपकार सेवा नेपालले पर्साको ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रितहरूका लागि खाद्य तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ ।

आश्रममा बसोबास गरिरहेका १७ जना अपाङ्ग, सुस्त मनस्थितिका व्यक्ति, वृद्ध–वृद्धा तथा बालबालिकालाई लक्षित गरी चामल ९० किलो, स्वाबिन ५ किलो, खानेतेल १० लिटर, मसुरो दाल १० किलो, चिउरा १० किलोसहित लुगाधुने साबुन, बिस्कुट, बेसार, मसला लगायतका सामग्री प्रदान गरिएको हो ।

कार्यक्रममा आश्रमका सदस्य शेरबहादुर थिङलाई संस्थाका अध्यक्ष विद्या कुमारी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारुले उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

संस्थाले प्रत्येक महिनाजस्तै यस महिनामा पनि आश्रमका लागि आवश्यक सामग्री उपलब्ध गराउँदै आएको जनाएको छ । सहयोगले आश्रममा बसोबास गर्ने व्यक्तिहरूको दैनिक जीवनयापनमा सहजता आउने विश्वास व्यक्त गरिएको छ ।


सम्बन्धित समाचार