Logo

१ वैशाख,वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगवाबाट ठूलो परिमाणमा गाँजा जस्तो देखिने पदार्थसहित एक नाबालक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले फूलबारी टोलस्थित एक घरमा खानतलासी गर्दा प्लास्टिक बोराभित्र साना–साना पोका बनाई लुकाइछिपाइ राखिएको अवस्थामा करिब १४ किलो २७६ ग्राम गाँजा जस्तो पदार्थ बरामद गरेको हो ।

सोही पदार्थको ओसारपसार तथा बिक्री–वितरणमा संलग्न रहेको आरोपमा एक नाबालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेका बालकमाथि लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ ।


सम्बन्धित समाचार