Logo

 १ वैशाख,वीरगञ्ज । बारामा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिजले आर्थिक वर्ष २०८२/०८३ को उखु क्रसिङ सिजन औपचारिक रूपमा समापन गरेको छ ।

उद्योगले हालै जारी गरेको सूचनाअनुसार २०८२ साल चैत २६ गतेदेखि उखु क्रसिङ कार्य बन्द गरिएको हो । उद्योगका वरिष्ठ प्रशासकीय अधिकृत राम नारायण यादवद्वारा हस्ताक्षरित सूचनामा यस सिजनमा कुल २९ लाख २९ हजार २६९ क्विन्टल उखु क्रसिङ गरिएको उल्लेख छ ।

उद्योगले यस वर्ष ५० लाख क्विन्टल उखु क्रसिङ गर्ने क्षमता भए पनि ३३ लाख क्विन्टल लक्ष्य राखेको थियो । तर उखु आपूर्तिमा कमी आउँदा लक्ष्यभन्दा कम उत्पादन भएको उद्योग प्रशासनले जनाएको छ ।

सिजन समापनको अवसरमा उद्योगले उखु आपूर्ति गर्ने सम्पूर्ण किसानहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।


सम्बन्धित समाचार