Logo

३ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधिसभा सदस्य गणेश पराजुली चयन हुनुभएको छ ।

बिहीबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले पराजुलीलाई दलको उपनेताको महत्त्वपूर्ण जिम्मेवारी सुम्पिने निर्णय गरेको हो । पार्टीको सांगठनिक संरचना र संसदीय गतिविधिमा सक्रिय भूमिका खेल्दै आउनुभएका पराजुलीलाई संसदीय दलका नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको कार्यभारमा सहयोग पुर्‍याउने गरी यो पदमा मनोनित गरिएको हो ।

संसदीय अभ्यासलाई थप गरिमामय र प्रभावकारी बनाउन अनुभवी सदस्यहरूलाई प्राथमिकता दिने पार्टीको नीति अनुरूप पराजुलीको चयन भएको रास्वपाले जनाएको छ ।

उहाँले अब संसद्‍मा पार्टीका एजेन्डाहरूलाई स्थापित गर्न र दलको आन्तरिक समन्वयमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुनेछ । प्रधानमन्त्री शाहको नेतृत्वमा रहेको संसदीय दलले पराजुलीको नियुक्तिसँगै आफ्नो कार्यसम्पादनलाई अझ चुस्त बनाउने विश्वास लिएको छ ।


सम्बन्धित समाचार