Logo

३ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–आदर्शनगरस्थित रुंगटा मल्लको दोस्रो तलामा फ्युचर विङ्स एजुकेशनल कन्सल्टेन्सी सञ्चालनमा आएको छ। एक समारोहबीच कन्सल्टेन्सीको औपचारिक उद्घाटन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ उद्योगपति तथा समाजसेवी मुर्लीधर रुंगटा र मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीले संयुक्त रूपमा रिबन काटेर कन्सल्टेन्सीको उद्घाटन गरेका थिए।

उद्घाटन समारोहमा कन्सल्टेन्सीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत इन्जिनियर आर्जुको विशेष उपस्थिति रहेको थियो। साथै कार्यक्रममा सामुदायिक प्रहरी छपकैया अध्यक्ष तथा समाजसेवी हाजी ग्यासुदिन ठकुराई, नारायण रुंगटा, उद्योगपति अनिल अग्रवाल, वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कन्सल्टेन्सीले विद्यार्थीहरूलाई भारतका प्रतिष्ठित कलेजहरूमा भर्नादेखि अध्ययन सम्पन्न नहुँदासम्म आवश्यक सम्पूर्ण सहजीकरण गर्ने जनाएको छ। साथै एमबीबीएस अध्ययनका लागि भारत र बंगलादेशमा अवसर उपलब्ध गराइने तथा अन्य शैक्षिक कोर्सहरूका लागि पनि भारतमा अध्ययनको व्यवस्था मिलाइने जानकारी दिइएको छ।

विद्यार्थी लक्षित सेवा अन्तर्गत कन्सल्टेन्सीले आकर्षक उपहार तथा किफायती शुल्कको व्यवस्था गरेको जनाएको छ। कन्सल्टेन्सीले भविष्यमा विद्यार्थीहरूलाई शैक्षिक मार्गदर्शन तथा अन्तर्राष्ट्रिय अध्ययनका अवसर विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।


सम्बन्धित समाचार