Logo

११ वैशाख,वीरगञ्ज ।  वीरगञ्ज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडले आफ्नो २८औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन्।

शुक्रबार सम्पन्न कार्यक्रममा ३ महिलासहित कुल ३० जनाले रगत दान गरेका हुन्। रक्त सञ्चार केन्द्र वीरगञ्जका अनुसार रक्तदान गर्नेहरूमा गीता पौडेल, वर्षा शाक्य, युबराज खड्का, दीपेन्द्र साह, कृष्ण पटेल, विजयलाल नकर्मी, आशिष पौडेल, हिमांशु गुप्ता, नरेश चौधरी, राकेश कुमार गुप्ता, मदन पटेल लगायत रहेका छन्।

कार्यक्रम संस्थाका अध्यक्ष डिल्ली विक्रम कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका प्रबन्धक बृजेश गुप्ता, सचिव ललिता आमात्य, नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्तालगायतको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार
भर्खरै