Logo

१६ वैशाख,काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुरलाई ललितपुरस्थित किस्ट अस्पतालमा भर्ना गरिएको छ।

अस्पतालका प्रमुख सञ्चालन अधिकृत अमिस पाठकका अनुसार उपसभामुख ठाकुरलाई बुधबार बिहान अर्धचेत अवस्थामा अस्पताल ल्याइएको थियो। हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।

अहिले विशेषज्ञ चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ भने स्वास्थ्य समस्याको कारणबारे विस्तृत परीक्षण भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ।


सम्बन्धित समाचार
भर्खरै