Logo

१३ बैशाख, बारा । बाराको जितपुर बजारमा नालामा खसेर गएराती एकजनाको मृत्यु भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ जीतपुरमा अधिक मात्रामा रक्सी सेवन गरेको एक जनाको नालामा खसेर मृत्यु भएको हो ।

करिब ४५ बर्षको उमेर जस्तो देखिने पुरुषको मृत्यु भएको इलका प्रहरी कार्यालय जितपुरले जनाएको छ । मृतकले अत्याधिक मात्रामा रक्सी सेवन गरेका कारण सेलाप नभएको नालामा खसेर मृत्यु भएको प्रहरीको भनाई छ ।

बिहान नालामा शब देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्लास्टिकको सामानहरु बटुलेर बिक्रि गर्दै आएको ती पुरुषको पहिचान अहिले सम्म खुल्न सकेको छैन् ।

स्थानीयका अनुसार सधैँजसो मृत्तकले अधिक मात्रामा रक्सी सेवन गर्ने गरेको बताउँछन् । रक्सी सेवन नगर्न भन्दा पनि नमान्ने गरेको स्थानीयवासीले बताए । मृतकको घर भारतको बगाहामा भएको अनुमान गरिएको छ ।

मृतककाे शब पोस्टमाटमको लागि वीरगञ्ज स्थित नारायणी अस्पात वीरगञ्जमा राखिएको छ ।


सम्बन्धित समाचार