Logo

१९ वैशाख,काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे ले राष्ट्रपति रामचन्द्र पौडेल सँग समसामयिक राजनीतिक विषयमा भेटवार्ता गरेका छन्।

शनिबार बिहान भएको भेटवार्ता करिब एक घण्टा चलेको राष्ट्रपति कार्यालयले जनाएको छ। भेटका क्रममा देशको पछिल्लो राजनीतिक अवस्था र सरकारले अघि बढाएका अध्यादेशबारे छलफल भएको थियो।

आङ्देम्बेले सरकारले जारी गर्न सिफारिस गरेका अध्यादेशप्रति विपक्षी दलहरूको धारणा राष्ट्रपतिलाई अवगत गराएका थिए। उनले अध्यादेश प्रक्रिया र त्यसको राजनीतिक प्रभावबारे गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

सरकारले यसअघि विभिन्न अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेकोमा तीन वटा अध्यादेश जारी भइसकेका छन्। तर विपक्षी दलहरूले भने अध्यादेशमार्फत कानून निर्माण गर्ने अभ्यासप्रति असन्तुष्टि जनाउँदै यसलाई फिर्ता लिनुपर्ने माग गर्दै आएका छन्।

यस विषयमा राष्ट्रपति कार्यालयले भने औपचारिक प्रक्रिया अनुसार नै निर्णय भइरहेको जनाएको छ।


सम्बन्धित समाचार