Logo

१९ वैशाख,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार आइतबारका लागि बैठक आह्वान गरिएको हो।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठक वैशाख २० गते दिउँसो १२:३० बजे काठमाडौँको वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय (घण्टीघर) मा बस्नेछ।

बैठकको एजेन्डाबारे भने अहिलेसम्म जानकारी सार्वजनिक गरिएको छैन।


सम्बन्धित समाचार