Logo

१९ वैशाख,काठमाडौं । रामचन्द्र पौडेल ले सरकारले सिफारिस गरेका ८ मध्ये ६ वटा अध्यादेश जारी गरेका छन्। पछिल्ला तीन दिनमा संविधानको धारा ११४(१) अनुसार ती अध्यादेश जारी गरिएको हो।

शनिबार अपराह्न राष्ट्रपति कार्यालय का प्रवक्ता रितेशकुमार शाक्यले थप तीन वटा अध्यादेश जारी भएको जानकारी दिएका छन्। आज जारी भएका अध्यादेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश तथा विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश रहेका छन्।

यसअघि १७ वैशाखमा सार्वजनिक खरिद (दोस्रो संशोधन) र सहकारी (पहिलो संशोधन) अध्यादेश जारी गरिएको थियो भने १८ वैशाखमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश जारी गरिएको थियो।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार बाँकी दुई अध्यादेश भने अझै अध्ययनकै क्रममा रहेका छन्। विशेषगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे राष्ट्रपतिले चासो देखाउँदै कानुनविद्हरूसँग छलफलसमेत गरेका छन्। तर उक्त अध्यादेश जारी गर्ने वा नगर्ने विषयमा अझै निर्णय भइसकेको छैन।

स्रोतका अनुसार, शुक्रबार र शनिबार भएका निर्णयहरूमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश समावेश गरिएको छैन। साथै, ‘केही नेपाल ऐन’ संशोधनसम्बन्धी अध्यादेशमा २५ भन्दा बढी कानुन संशोधन प्रस्ताव गरिएकाले त्यसबारे पनि छलफल जारी रहेको बताइएको छ।

यस घटनाक्रमले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे अझै अन्योल कायम रहेको देखाएको छ


सम्बन्धित समाचार