Logo

२४ वैशाख,वीरगञ्ज । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस अफ नेपालअन्तर्गत वीरगञ्ज, कलैया, जीतपुर–सिमरा तथा अमलेखगञ्जसहित क्षेत्र नम्बर ३ का लागि सत्र २०२६–२७ को कार्यकारी समिति गठन गरिएको छ।

नवनिर्वाचित डिस्ट्रिक्ट गभर्नर राम बिहारी पाण्डेले आयोजित एक समारोहबीच मनोनित जिल्ला पदाधिकारीहरूलाई नियुक्तिपत्र वितरण गरेका हुन्।

समारोहमा पाँच दशकदेखि लायन्स अभियानमा सक्रिय वरिष्ठ पूर्व डिस्ट्रिक्ट गभर्नर डा. आरपी खेतान, पूर्व बहुपरिषद अध्यक्ष डा. रमेश अग्रवाल, पूर्व डिस्ट्रिक्ट गभर्नर आरके सिन्धी, नवनियुक्त क्याबिनेट सचिव बासु तिमिल्सिना तथा क्याबिनेट कोषाध्यक्ष रामेश्वर गुप्तालगायतको उपस्थिति रहेको थियो।

यसैगरी क्षेत्रीय प्रमुख सुनिल थापा गुप्ता, डा. मनोज उपाध्याय, विमल जैन, भानुभक्त अधिकारी, डीएम लिम्बु, मेहर यादवसहित विभिन्न अञ्चल अध्यक्ष तथा लायन्स सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै डिस्ट्रिक्ट गभर्नर राम बिहारी पाण्डेले नयाँ कार्यसमितिसँग सहकार्य गर्दै लायन्सको सदस्य संख्या वृद्धि, मानवीय सेवाका कार्यक्रम विस्तार तथा सामाजिक उत्तरदायित्वसम्बन्धी गतिविधि प्रभावकारी रूपमा सञ्चालन गरिने बताए। उनले नयाँ कार्यकाल आगामी जुलाई १ देखि सुरु भई जुन ३०, २०२७ सम्म रहने जानकारी दिए।

कार्यक्रममा जुलाई महिनामा हङकङमा आयोजना हुने लायन्स अन्तर्राष्ट्रिय सम्मेलनबारे पनि जानकारी गराइएको थियो। आजीवन सदस्य राधेश्याम खेतानले शुभकामना व्यक्त गर्दै नयाँ नेतृत्वले लायन्स अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

त्यसैगरी लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा मिडिया इन्चार्ज विमल सर्राफ, सचिव मोहम्मद निजामुद्दीन, कोषाध्यक्ष अमित कुमार तथा अञ्चल अध्यक्ष शम्भुप्रसाद चौरसियालगायतले नवनियुक्त जिल्ला कार्यकारिणीलाई बधाई तथा शुभकामना दिएका थिए।

उनीहरूले लायनिज्ममार्फत नेपाल–भारत सम्बन्धलाई अझ मजबुत र प्रभावकारी बनाउने विश्वाससमेत व्यक्त गरेका छन्।


सम्बन्धित समाचार