६ वैशाख,काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ले नेपाल दूरसञ्चार प्राधिकरण को रिक्त अध्यक्ष तथा सदस्य पदका लागि दरखास्त आह्वान गरेको छ।
मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणको अध्यक्ष एक जना र सदस्य चार जनाको पदपूर्तिका लागि आवेदन माग गरेको हो।
सूचनाअनुसार इच्छुक तथा योग्य नेपाली नागरिकले आगामी जेठ ५ गते मंगलबार कार्यालय समयभित्र आवेदन पेश गरिसक्नुपर्नेछ।
उम्मेदवारका लागि आवश्यक न्यूनतम योग्यता, दरखास्त फाराम तथा अन्य आवश्यक कागजातसम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।