Logo

३० बैशाख, काठमाडौं । सरकारले संसद्‌मा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन शाहको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन् ।

संसद् सचिवालयले यसअघि प्रधानमन्त्री शाहले नै जवाफ दिने सम्भावित कार्यसूची सार्वजनिक गरे तापनि अन्तिम समयमा आएर अर्थमन्त्री वाग्लेले उक्त जिम्मेवारी सम्हाल्ने तय भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सङ्घीय संसद्‌मा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो ।

आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा उक्त नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिने र सांसदहरूका जिज्ञासाको स्पष्टीकरण दिइने कार्यतालिका रहेको छ ।

संसद् सचिवालयका अनुसार, आजै सांसदहरूबाट प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरी नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरिएको छ । हिजोको बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै सम्बोधन गरिसकेका छन् ।


सम्बन्धित समाचार