Logo

३० बैशाख, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय अनुशासन समितिलाई नयाँ स्वरूप दिँदै पुनर्गठन गर्नुभएको छ ।

बुधबार सभापति थापाले तारामान गुरुङको संयोजकत्वमा उक्त समितिको पुनर्गठन गर्नुभएको हो । पुनर्गठित समितिमा पुराना र नयाँ अनुहारलाई सन्तुलन मिलाएर चयन गरिएको छ । समितिको सदस्यहरूमा धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग नेपालीलाई नियुक्त गरिएको छ । यो नियुक्ति नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) मा रहेको व्यवस्था बमोजिम गरिएको हो ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै अनुशासन समिति पुनर्गठन भएको बारे आधिकारिक जानकारी दिनुभएको छ । पार्टीभित्रको आन्तरिक अनुशासनलाई थप मजबुत बनाउन र विधान अनुसारका कामकारबाही अघि बढाउन यस समितिले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

हालैका राजनीतिक घटनाक्रम र पार्टीभित्रको शक्ति सन्तुलनका बीच यस समितिको पुनर्गठनलाई महत्त्वका साथ हेरिएको छ ।


सम्बन्धित समाचार